माधव सापकोटा 'सुबोध' /Madhav Sapkota 'Subodh' / राजनीतिकाे उज्यालो तारा

सुवाेध-राजनीतिकाे उज्यालो तारा सिन्धुपाल्चोककाे राजनीतिमा आजभोलि सबैभन्दा बढी चर्चा हुने नाम हाे सुवाेध । सुवाेधकाे खास नाम माधव सापकोटा हाे । युवा वर्ग उनलाई सुवाेध भन्न रुचाउँछन् । उमेरले पाकाहरु माधव सापकोटा सुवाेध भन्छन् । सुवाेध जनमतबाट नजाँचिएका (अन्टेस्टेड) पात्र हुन् । सानै उमेरमा पढाइ छाेडेर जनयुद्धमा भूमिगत भएका सुवाेधले शान्ति प्रक्रियामा आएदेखि फर्मल शिक्षालाई पुनः जाेडेर अहिले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । गर्नेलाई कुनै अप्ठेराेले छेक्दैन । उनी २४ घण्टा सक्रिय हुनसक्छन् । सुवाेधबाट समाजले, व्यक्तिले र खासगरी राजनीतिकर्मीले धेरै सिक्न सक्छन् । सुवाेध एकसाथ साहसपूर्वक संघर्ष, राजनीति , अध्ययन, समाजसेवा र हरपल नयाँ नयाँ काम गरिरहेका हुन्छन् । उबेला जनयुद्धका हरेक ब्याटलमा अग्रभागमा रहेर फायर खाेल्नेदेखि ठूल्ठूला राजनीतिक छलफलमा जमेर बहस गर्दै तत्कालीन जनमुक्ति सेनालाई कमिसारेट पनि गरे । जनयुद्धमा सुवाेधले बनाएको याेजनाले शानदार सफलता चुम्थे । भर्खर सम्पन्न स्थानीय चुनावमा पनि उनकाे कमाण्डमा रहेकाे ठाउँमा शानदार विजय प्राप्त भयाे । सुवाेधकाे सबैभन्दा राम्रो स्वभाव विपक्षीसँग पनि सहजै घुलमिल हुने र विश्वासमा लिने । थालेकाे काम जसरी पनि फत्ते गर्ने । सभामुख अग्नि सापकोटाले पाएकाे ह्याट्रिककाे राज सुवाेध हुन्। उनी राजनीतिमा आफ्नो र पराइ छुट्याउँदैनन् । जहाँ अप्ठ्यारो र संकट पर्छ, जसलाई र जुन ठाउँमा आवश्यकता पर्छ त्यहाँ पुग्छन् र आफै अगाडि सरेर समस्याको समाधान खाेज्छन् । सुवाेधकाे अर्काे सरलता भनेकाे जहाँ पनि जतिबेला पनि भेट्न र कुरा गर्न पाइन्छ । कहिल्यै ठूलाे बन्दैनन् । यद्यपि, राजनीतिमा बाधा हाल्नेप्रति फलाम र सहयोग गर्नेप्रति नाैनीघिउकाे व्यवहार गर्छन् । कठिन परिस्थितिमा परेकालाई मुक्त गर्न उनी आफै सक्किन तयार हुन्छन्,समस्याबाट भाग्दैनन् । पार्टी अध्यक्ष प्रचण्डसँग उनको सिधा सम्पर्क छ । कतिपय राजनीतिक निर्णय लिँदा प्रचण्डले उनलाई निवासमा बाेलाउँछन् सिन्धुपाल्चोकको राजनीतिक क्षेत्रमा उदाएको चम्किलो तारा सुवाेधलाई युवाहरु काठमाडौंकाे मेयर बालेनसँग पनि तुलना गर्छन् । सिन्धुकाे विकासमा सुवाेधकाे आगमनलाई चासाेपूर्वक हेरिएको छ । राजनीति आलोचनाकाे विषय बनिरहेको बेला यसलाई सही बाटाेमा ल्याउन सुवाेधजस्ता चाेखाे युवालाई सिन्धुवासी क्षेत्र नं १ का न्यायप्रेमी जनसमुदायले मन फुकाएर मतदान गर्नुपर्ने बेला आयाे । काेही नचुकाैं । काेही नछुटाैं ।

Comments

Popular posts from this blog

को हुन माधव सापकोटा सुबोध / An Introduction of Madhav Sapkota Subodh Sindhupalchok / माधव सापकोटा सुबोधको परिचय

हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोध र टिम/ Congratulations and best wishes Madhav Sapkota Subodh and team