को हुन माधव सापकोटा सुबोध / An Introduction of Madhav Sapkota Subodh Sindhupalchok / माधव सापकोटा सुबोधको परिचय

माधव सापकोटा (सुबोध)/Madhabh Sapkota Subodh नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य, लोकप्रिय युवा नेता माधव सापकोटा (सुबोध) को जन्म नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल सिन्धुपाल्चोक जिल्लाको चौतारा साागाचोकगढी वडा नं ४ कुविन्डेमा २०३७ साल चैत २० गते पिता हरिप्रसाद सापकोटा र माता खिलमायाा सापकोटाको माइलो सन्तानका रुपमा भएको हो । सापकोटाको हाल अस्थायी बसोबास भने बलेफी गाउापालिका वडा नं २ मा रहेको छ । बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका सापकोटाले सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कूल चौताराबाट विद्यालय शिक्षा प्राप्त गरेका हुन् । २०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरुलाई पक्राउ गर्न गाउामा आएका प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेपछि भाग्ने क्रममा एक प्रहरीको मृत्यु भयो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा प्रहरीले खानतलासी लिने, धरपकड गर्ने र घरै खाली गरेर सबैलाई लाइन लगाएर चौतारास्थित प्रहरी कार्यालयमा लगेर चरम् यातना दिने, मुद्दा लगाउने काम भयो । सिंगो कुविण्डे गाउा आतंकित भयो । वरपरका गाविसहरुमा समेत राज्य आतंकको प्रत्यक्ष असर परेको थियो । नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारभित्र राज्यको निगरानी र यातना अझ ज्यादा थियो । स्थानीयका अनुसार कुविण्डे र नौविसे वरपर त्यसबेलाको राज्यले चलाएको आतंक अवर्णनीय थियो । त्यसको प्रत्यक्ष असर माधव सापकोटा (सुवोध) लगायतलाई परेको थियो । कुविण्डेमा माध्यमिक शिक्षा अध्ययन जारी राखेका माधव सापकोटा लगायतका विद्यार्थर्ीहरुका लागि विद्यालय जानु र कक्षामा बस्नु निकै कठिन समय थियो । २०५२ साल फागुनमा महान् जनयुद्ध सुरु भयो । उनले विद्यालय शिक्षा पार गर्दै गर्दा कुविन्डे, सिन्धुपाल्चोक मात्रै नभएर देशभर जनयुद्धको रापतापले छपक्कै छोपिसकेको थियो । नेता अग्निप्रसाद सापकोटालगायत कुविण्डे र वरपरका सयौं नेता कार्यकर्ता पूर्णरुपमा भूमिगत भए । त्यसपछि कुविण्डे र त्यो बाटो भएर चौतारा जाने हरेक नागरिक राज्यको निगरानीमा थिए । खानतलासी र धरपकड यति धेरै थियो कि जो कोहिलाई जुनसुकै बेला पक्राउ गरेर थुन्ने वा बेपत्ता बनाउने कार्य भइरहेको थियो । विद्यालय गइरहेका माधव सापकोटा जस्ता युवाहरुलाई हरेक दिन विद्यालय जान सहज थिएन । कुविण्डे र सेतीदेवी पञ्चकन्या माविमा राज्यको सोझो निगरानी थियो । जहाा दमन त्यहाा प्रतिरोध भने जस्तै कुविण्डे र सिंगो जिल्लामा माओवादीका गतिविधिहरु बाक्लिएका थिए ।
त्यहि बेला विद्यालयहरुमा संगठन विस्तारका काम भए । बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सापकोटा १३ बर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाई समितिमा संगठित भएका थिए । २०५२ साल भदौमा संगठनको सेतीदेवी पञ्चकन्या मावि इकाई समितिमा आबद्ध उनी राज्य दमनकै बीचमा २०५३ सालमा बिद्यालय इकाई समिति अध्यक्ष भए । २०५४ सालमा क्षेत्रीय समिति सदस्य हुादै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए । २०५६ साल पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको भूमिकामा रहे । २०५७ साल तत्कालीन पुर्वी पहाडी क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बनेका थिए । विद्यार्थी राजनीतिकै क्रममा २०५४ असोजमा पार्टी सदस्यता प्राप्त गरेका सापकोटा सेल कमिटीमा संगठित भएका थिए । २०५५ सालमा सेल सेक्रेटरी/पूर्णकालीन कार्यकर्ताको रुपमा सक्रिय उनी २०५६ साल माघदेखि पूर्णरुपमा भुमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे । २०५६ चैत्रदेखि सिन्धुपाल्चोक र दोलखा संयुक्त जिल्लाअन्तर्गत ५ नं.एरिया समिति सदस्य भएका सापकोटा २०५७ चैत्रदेखि सिन्धुपाल्चोक र दोलखा विशेष जिल्ला समिति सदस्य बने । २०५८ माघदेखि सिन्धुपाल्चोक र दोलखा जिल्ला सचिवालय समिति सदस्य भएका उनले २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरे । २०६० भदौदेखि उपक्षेत्रीय ब्यूरो सदस्य भएका उनले २०६१ देखि क्षेत्रीय ब्यूरो सदस्य हुादै २०६३ साउनदेखि पुन:सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिकामा फर्किए । विद्यार्थी राजनीतिसागै माधव सापकोटा जनमुक्ति सेनामा पनि विशिष्ट भूमिकामा रहे । २०५८ मा तत्कालीन जनमुक्ति सेनामा स्क्वार्ड कमाण्डरका रुपमा सहभागि भए । उनी २०५९ मा प्लाटुन कमाण्डर भए भने २०५९ मै कम्पनी सहकमिसारको जिम्मेवारी सम्हाल्न पुगे । २०६१ साल चैत्रमा कम्पनी कमिसार भएका उनले २०६२ असारमा ११ औं बटालियन सह कमिसार र २०६४ साल फागुनमा १४ औं बटालियन कमिसारको भूमिका निर्वाह गरे । जनयुद्धकालमा कुशल कमाण्डरका रुपमा ठूला युद्ध मोर्चाहरुको नेतृत्व गरेका उनी २०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा माओवादीले गरेको आक्रमणको कमाण्डर थिए । सो आक्रमणका क्रममा गोली लागेर गम्भीर घाइते भएका उनी अन्य दुई आक्रमणमा पनि घाइते भएका थिए । २०६३ माघदेखि सिन्धुपाल्चोक जिल्ला अन्तर्गत २ नं क्षेत्रीय समिति ईञ्चार्जको जिम्मेवारी सम्हालेका सापकोटा २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिकामा रहे । २०७१ साल असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए । २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज रहेका उनले २०७८ देखि ने.क.पा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्जको भूमिका निर्वाह गरे । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी ईञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईञ्चार्जको रुपमा कार्यरत छन् । उनले शान्ति प्रक्रिया सुरु भएपछि मात्रै थााति रहेको अध्ययनलाई अघि बढाउन पाए । सेना समायोजन पछि चितवनस्थित क्यान्टोन्मेन्टमा बसेका उनले त्यहिा रहेको विद्यालयबाट पढाई अघि बढाए । खुला राजनीतिमा आएपछि प्लसटु र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन पुरा गरे । हाल उनी राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । जनयुद्धकै क्रममा सहयोद्धा देवकुमारी नेपाल सन्ध्यासाग जनवादी विवाह गरेका उनीहरुका एक छोरा (सालीन सापकोटा) छन् । विद्यार्थी राजनीतिमा रहादा खरो, स्पष्ट र चलाख युवा नेताको छवि बनाएका माधव सापकोटा सुबोध पार्टर्ी केन्ऽको जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रुपमा परिचित छन् । न्यायसंगत अडानमा निर्भिक भएर उभिने उनी पार्टीभित्र, विपक्षी र स्वतन्त्र अस्तित्वमा रहेकाहरुबीच पनि उत्तिकै लोकप्रिय छन् । २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदि पहिरो, नागपुजे, खागदल लगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड २०१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार र उपचारमा सक्रिय बन्ने, जनताका दु:ख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगकका लागि आवश्यक समन्वय कार्यमा निरन्तरत सक्रिय रहेका कारण उनी जिल्लामा सर्वस्वीकार्य छन् । सुबोध दुई दशक यता लगातार जिल्लाका जनताका सुखदु:खमा सागै छन् । सहजै उपलब्ध हुने, सबैको फोन उठाउने, घर आागनमा पुग्ने, जनताका कुरा सुन्ने, जनताका कामका लागि पहल गर्ने उनको बानीले सुबोधलाई जिल्लाका नागरिकले बर्षौं अघिदेखि बैकल्पिक नेतृत्व स्वीकार गरेको थिए । स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको चुनावी कमाण्डर एवं केन्ऽीय नेतृत्वसागको नजिकको सम्बन्ध राख्न सफल उनी सबैका नेताका रुपमा स्थापित छन् । युवा नेता माधव सापकोटा २०५२ देखि २०६२ सम्मको महान् जनयुद्धकालमा सुबोध नामले चर्चित थिए । शान्ति सम्झौता पछिको समयमा माधव सापकोटा सुबोधका रुपमा स्थापित उनी राजनीतिक परिवारमा जन्मे हुर्केका र जनयुद्धकालीन राजनीतिक भट्टिबाट खारिएका जोसिला एवं क्षमतावान नेता हुन् । उनलाई जिल्लामा माधव सापकोटा भन्दा सुबोध भनेर बोलाउनेको संख्या धेरै छ । जिल्लाका सर्वदलीय बैठक, विभिन्न समन्वय सम्बन्धि कार्यमा उदाहरणीय कार्य गर्न सफल सुबोधले बलेफी करिडोरको ऐतिहासिक बजार जलविरेमा रहेको जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रुपमा २०७५ यता अनुकरणीय कार्य गरेका छन् । सुबोध जिल्लाको सबै भूगोलले नजिकबाट चिनेको र भूगोलका जनताका बीचमा चिनिएका नेतामा पर्छन् । सबै पालिका, वडा र बस्तीहरुमा पटक–पटक पुगेका नेता उनी सबै उमेर समुहका नागरिसाग प्रिय छन् । सभामुख अग्निप्रसाद सापकोटाको २०६३ साल, २०७० साल र २०७४ सालको तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेका उनले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको सिन्धुपाल्चोक क्षेत्र नं १ को कमाण्ड सम्हालेर सफलता हासिल गरे । चीन, भारत, दक्षिण कोरिया, जापान, थाइल्याण्डलगायतका देशहरुको भ्रमण गरेका उनी पार्टर्ीको जलस्रोत तथा उर्जा विभाग सदस्य भएर काम गरेका छन् । विद्यार्थर्ी जीवनदेखि नै कुशल संगठकका रुपमा चिनिएका सुबोध अहिले संगठन निर्माणमा अझ परिपक्व बनेको पार्टर्ी, उनका समकक्षी र विपक्षीले समेत स्वीकार गरेका छन् । नयाा प्रविधिसाग परिचित र बदलिादो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लामा मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उत्तिकै पछ्याउने गरेका छन् । उनी रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरुमा छाइरहन्छन् । फेसबुक, टिकटक, युट्युब, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ठूलो संख्याले फलो गरेका सुबोध युवाहरुबीचमा हिरोइक फिगर हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको सल्लाहकारका रुपमा डेढवर्ष बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर कार्य गरेका उनले स्थानीय सरकारको पुनर्निर्माण एवं पुनस्र्थापनामा मन्त्रालयमा बसेर सहयोग गरेका थिए । २०७२ सालको भूकम्पबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षती व्यहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिने र समयमा सम्पन्न हुनका लागि सुबोधको भूमिकाको प्रशंसा हुने गरेको छ । संघीयता कार्यान्वयनका क्रममा नवगठित स्थानीय तहका कर्मचारी र निर्वाचितहरूका लागि क्षमता विकास तालिम प्रदान गर्न म्यानुअल, निर्देशिका निर्माणको काममा कुशलता हासिल गरेका सुबोधको सबै निकायसाग समन्वय, समझपूर्ण निर्णय क्षमता, विपक्षीप्रति राजनीतिक संस्कारयुक्त व्यवहारले सर्वत्र प्रिय बनाएको छ । सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताको भूमिका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकातर्फबाट ऐतिहासिक जुगल आरोहणको टोलीका सदस्यका रुपमा सहभागी सुबोध जिल्लाको पर्यटन विकासको नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका कार्यक्रममा प्रत्यक्ष जोडिएका छन् । विकास निर्माण, शैक्षिक सुधार, सीप विकास, स्वरोजगार एवं रोजगारी, सामाजिक सुधारका पक्षमा स्पष्ट भिजनसहित अघि बढेका सुबोध लाभको पदमा नहुादा समेत उनको योगदान प्रशंसनीय भएको जिल्लाबासी बताउाछन् । विविध सामाजिक कार्यमा सहयोग र समन्वयका लागि ठूलो संख्यामा सम्मान र प्रशंसापत्र प्रदान गरिएका सुबोध सिन्धुबासीका दुख र अप्ठेरोका साथीका रुपमा बढी चिनिएका छन् । उनी जिल्लाबाट काठमाडौमा रहेर विभिन्न पेशा एवं व्यवसायमा संलग्न सिन्धुबासीसाग धेरै सम्पर्क र समन्वयमा रहेका नेतामा पर्छन । नेपाली र अंग्रेजी भाषामा पोख्त उनले योजना निर्माणको कुशलता, व्यवस्थित तथा विस्तृत तयारीका साथ सफल कार्यान्वयनमा आफूलाई पटक–पटक पुष्टि गरिसकेका छन् । स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील उनलाई असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा पठाउन सिन्धुपाल्चोकले लामो तयारी गरिसकेको छ । नेता सुबोध यसपटक संघीय संसद, प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट उमेदवारीको तयारीमा छन् । उनको उम्मेदवारी भए ‘सुबोध भए भोट हाल्छौं’ भन्ने दशौं हजार नागरिकको माग सम्बोधन हुनेछ । सुबोधको राजनीति र समाजसेवा, जिल्लाबासी अझ निर्वाचन क्षेत्रका बासिन्दासागको आत्मीय सम्बन्धको आडमा उनको लोकप्रियता पार्टीको सीमाभन्दा धेरै माथि छ ।

Comments

Popular posts from this blog

माधव सापकोटा 'सुबोध' /Madhav Sapkota 'Subodh' / राजनीतिकाे उज्यालो तारा

हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोध र टिम/ Congratulations and best wishes Madhav Sapkota Subodh and team