Posts

हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोध र टिम/ Congratulations and best wishes Madhav Sapkota Subodh and team

Image
हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोधर र टिम आज २०७९ असोज २३ गते दिउँसे सिन्धुपाल्चोकको चौतारामा हज्जारौं समर्थक सुधचिन्तकहरुको उपस्थितिमा बाजागाजा सहित बजार परिक्रमा गरेपछि बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रुपमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ बाट संघीय संसद प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का लोकप्रिय युवा नेता, युवाहरुका ढुकढुकी, माधव सापकोटा सुबोधले मनोनयन दर्ता गराउनु भयो । संगै प्रदेश सभातर्फ १ क बाट नेपाली कङ्रेसकी नेत्री मसिना खड्का भन्डारी र १ ख बाट माओवादी नेता सरल सहयात्री पौडेलले मनोनयन दर्ता गर्नु भयो । उहाँहरुलाई हार्दिक बधाई एवम् जितका लागि अग्रिम शुभकामना । मनोनयनका क्रममा लिइएका केहि तस्बिरहरु ।

को हुन माधव सापकोटा सुबोध / An Introduction of Madhav Sapkota Subodh Sindhupalchok / माधव सापकोटा सुबोधको परिचय

Image
माधव सापकोटा (सुबोध)/Madhabh Sapkota Subodh नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य, लोकप्रिय युवा नेता माधव सापकोटा (सुबोध) को जन्म नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल सिन्धुपाल्चोक जिल्लाको चौतारा साागाचोकगढी वडा नं ४ कुविन्डेमा २०३७ साल चैत २० गते पिता हरिप्रसाद सापकोटा र माता खिलमायाा सापकोटाको माइलो सन्तानका रुपमा भएको हो । सापकोटाको हाल अस्थायी बसोबास भने बलेफी गाउापालिका वडा नं २ मा रहेको छ । बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका सापकोटाले सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कूल चौताराबाट विद्यालय शिक्षा प्राप्त गरेका हुन् । २०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरुलाई पक्राउ गर्न गाउामा आएका प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेपछि भाग्ने क्रममा एक प्रहरीको मृत्यु भयो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा प्रहरीले खानतलासी लिने, धरपकड गर्ने र घरै खाली गरेर सबैलाई लाइन लगाएर चौतारास्थित प्रहरी कार्यालयमा लगेर चरम् यातना दिने, मुद्दा लगाउने काम भयो । सिंगो कुविण्डे गाउा आतंकित भयो । वरपरका गाविसह...

युवाहरुको ढुकढुकी माधव सापकोटा सुबोध / Madhav Sapkota Subodh

Image
माधव सापकोटा सुबोध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य , लोकप्रिय युवा नेता माधव सापकोटा सुबोधको जन्म नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी वडा नं ४ कुविन्डेमा २०३७ साल चैत २० गते पिता हरिप्रसाद सापकोटा र माता खिलमायाँ सापकोटाको माइलो सन्तानका रुपमा भएको हो । सापकोटाको हाल अस्थायी बसोबास भने बलेफी गाउँपालिका वडा नं २ मा रहेको छ । बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका सापकोटाले सेती देवि पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ चौताराबाट विद्यालय शिक्षा प्राप्त गरेका हुन् । उनले सदरमुकाम चौतारास्थित जुगल बोर्डिङमा र त्यसपछि सेती देवि पञ्चकन्या मावि कुविन्डेमा विद्यालय शिक्षा पार गर्दै गर्दा कुविन्डे , सिन्धुपाल्चोक मात्रै नभएर देशभर जनयुद्धको राप र तापले  छपक्कै छोपिसकेको थियो ।   २०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरुलाई पक्राउ गर्न गाउँमा आएका प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेपछि भाग्ने क्रममा एक प्रहरीको मृत्यु भयो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा ...

माधव सापकोटा 'सुबोध' /Madhav Sapkota 'Subodh' / राजनीतिकाे उज्यालो तारा

Image
सुवाेध-राजनीतिकाे उज्यालो तारा सिन्धुपाल्चोककाे राजनीतिमा आजभोलि सबैभन्दा बढी चर्चा हुने नाम हाे सुवाेध । सुवाेधकाे खास नाम माधव सापकोटा हाे । युवा वर्ग उनलाई सुवाेध भन्न रुचाउँछन् । उमेरले पाकाहरु माधव सापकोटा सुवाेध भन्छन् । सुवाेध जनमतबाट नजाँचिएका (अन्टेस्टेड) पात्र हुन् । सानै उमेरमा पढाइ छाेडेर जनयुद्धमा भूमिगत भएका सुवाेधले शान्ति प्रक्रियामा आएदेखि फर्मल शिक्षालाई पुनः जाेडेर अहिले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । गर्नेलाई कुनै अप्ठेराेले छेक्दैन । उनी २४ घण्टा सक्रिय हुनसक्छन् । सुवाेधबाट समाजले, व्यक्तिले र खासगरी राजनीतिकर्मीले धेरै सिक्न सक्छन् । सुवाेध एकसाथ साहसपूर्वक संघर्ष, राजनीति , अध्ययन, समाजसेवा र हरपल नयाँ नयाँ काम गरिरहेका हुन्छन् । उबेला जनयुद्धका हरेक ब्याटलमा अग्रभागमा रहेर फायर खाेल्नेदेखि ठूल्ठूला राजनीतिक छलफलमा जमेर बहस गर्दै तत्कालीन जनमुक्ति सेनालाई कमिसारेट पनि गरे । जनयुद्धमा सुवाेधले बनाएको याेजनाले शानदार सफलता चुम्थे । भर्खर सम्पन्न स्थानीय चुनावमा पनि उनकाे कमाण्डमा रहेकाे ठाउँमा शानदार विजय प्राप्त भयाे । सुवाेधकाे सबैभन्दा राम्रो स्वभ...